• २०८३ कार्तिक १, शनिबार

कृष्ण भुसाललाई ‘गीतकार सङ्घ नेपाल पत्रकारिता सम्मान’

काठमाडौं ।

मिलाप मासिकका सम्पादक तथा हिमालय टाइम्सका उपसम्पादक कृष्ण भुसाल ‘गीतकार सङ्घ नेपाल पत्रकारिता सम्मान–२०८२’ बाट सम्मानित भएका छन् । गीतकार सङ्घ नेपालको १७औँ वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा नेपाली गीत–सङ्गीत, साहित्य तथा स्रष्टाका गतिविधिलाई पत्रकारितामार्फत प्रवद्र्धन गर्न पु¥याएको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको हो ।

लामो समयदेखि पत्रकारितामा सक्रिय भुसालले समाचार, अन्तर्वार्ता, समीक्षा तथा साहित्यिक सामग्रीमार्फत नेपाली स्रष्टा र सिर्जनालाई पाठकमाझ पु¥याउँदै आएका छन्। विशेषगरी गीत–सङ्गीत, साहित्य, कला तथा सिर्जनात्मक क्षेत्रका गतिविधिलाई सञ्चारमाध्यममा स्थान दिँदै आएका उनले विभिन्न स्रष्टाका डेढ दर्जनभन्दा बढी पुस्तक सम्पादनसमेत गरेका छन् ।

सम्मान ग्रहणपछि भुसालले आफूलाई योग्य सम्झेर सम्मान गरेकोमा गीतकार सङ्घ नेपाल, निर्णायक समिति तथा कार्यसमितिप्रति आभार व्यक्त गरे। उनले सम्मानले आफूलाई थप ऊर्जा र जिम्मेवारीबोध गराएको बताउँदै यसलाई आफ्नो कलममाथि विश्वास गर्ने शुभेच्छुक, सहकर्मी र पाठकप्रतिको सम्मानका रूपमा लिएको उल्लेख गरे । पत्रकारितासँगै साहित्यमा रुचि राख्ने भुसालका जीवनदर्शन, सामाजिक परिवेश, मानवीय संवेदना र समसामयिक विषयसँग सम्बन्धित कविता विभिन्न सञ्चारमाध्यममा प्रकाशित हुँदै आएका छन् । उनले आगामी दिनमा पनि नेपाली गीत–सङ्गीत र साहित्यका स्रष्टा तथा सिर्जनालाई प्रभावकारी रूपमा सार्वजनिक वृत्तमा ल्याउन सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

गीतकार सङ्घ नेपालले आफ्नो १७औँ वार्षिकोत्सवका अवसरमा नेपाली गीत–सङ्गीतको विकास, प्रवद्र्धन र संरक्षणमा योगदान पु¥याउने स्रष्टा तथा व्यक्तित्वलाई विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गरेको थियो ।