• २०८३ आश्विन २९, बिहीबार

निमेष निखिललाई “ वासुदेव रिजाल स्मृति सम्मान २०८३ “ प्रदान गर्ने निर्णय

हेटौँडा ।

साहित्यकार निमेष निखिललाई एक लाख राशिको बासुदेव रिजाल स्मृति सम्मान प्रदान गरिने भएको छ । बासुदेव रिजाल स्मृति प्रतिष्ठानले शनिबार निमेष निखिललाई सम्मान गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष आरसी रिजालले जानकारी दिनुभयो । यसअघि पनि निमेष निखिललाई २०७७ सालमा बासुदेव रिजाल स्मृति सम्मान प्रदान गरिएको थियो ।

यसअघि १५ हजार राशिको सम्मान यसै वर्षदेखि एक लाख रुपैयाँ पु¥याइएको हो । हेटौँडाका प्रथम प्रधानपञ्च बासुदेव रिजालको स्मृतिमा स्थापित प्रतिष्ठानलाई यो वर्ष हेटौँडा उपमहानगरपालिकाले दुई लाख रुपैयाँ बजेट उपलब्ध गराएसँगै पुरस्कार राशी एक लाख रुपैयाँ पु¥याइएको प्रतिष्ठानका अध्यक्ष आरसी रिजालले जानकारी दिनुभयो । आगामी मंसिर महिनामा एक समारोहका बीच निमेष निखिललाई सम्मान गरिने अध्यक्ष रिजालले बताउनुभयो ।

मकवानपुरका निमेष निखिल साहित्य सिर्जनामा देश, विदेशमा परिचित नाम हो । निमेष निखिलका ३ वटा कविता संग्रह प्रकाशित छन् । साहित्यिक कृतिहरुको सम्पादन, साहित्यिक पत्रिकाको सम्पादकको रुपमा कार्य गर्नुभएका निमेष निखिल हेटौँडास्थित मकवानपुर बहुमुखी क्याम्पसमा नेपाली भाषा साहित्य विषयको सहप्राध्यापक हुनुहुन्छ । साहित्य संगमको चार कार्यकाल अध्यक्षको जिम्मेवारी पूरा गर्नुभएका निमेष निखिल सर्जक सञ्जाल मकवानपुरको संयोजक हुनुहुन्छ । उहाँले हालै विद्यावारिधी उपाधि समेत हासिल गर्नुभएको छ ।