• २०८२ माघ ११, आईतवार

मनपर्छ तर किन

डम्बर बिकेल

डम्बर बिकेल

फूल भनौँ फूल होइनौ, जून भनौँ जून होइनौ
मनपर्छ तर किन तिमी, सङ्गीतको धुन होइनौ

के छ तिमीमा त्यस्तो कला, मलाई आफूतिरै तान्ने
तानेपछि छुट्नै नदिई, कसीकसी आफूमै बान्ने
हीरा भनौँ हीरा होइनौ, सुन भनौँ सुन होइनौ
मनपर्छ तर किन तिमी, सङ्गीतको धुन होइनौ

के छ तिमीमा त्यस्तो जादु, मलाई आफूतिरै खिच्ने
खिचेपछि भाग्नै नदिई, मरीमरी आफूमै थिच्ने
तारा भनौँ तारा होइनौ, ऊन भनौँ ऊन होइनौ
मनपर्छ तर किन तिमी, सङ्गीतको धुन होइनौ


(कवि विकेल विगत तीन दशकदेखि सिर्जनाका क्षेत्रमा कलम चलाउँदै आएका स्रष्टा हुन्)
[email protected]