• २०८३ आश्विन १६, शुक्रबार

राजनराज शिवाकोटीको ‘जनकपुरे रेलैमा’ सार्वजनिक

काठमाडौँ ।

संगीतकार राजनराज शिवाकोटीको शब्द तथा संगीतमा नयाँ गीत ‘जनकपुरे रेलैमा’ सार्वजनिक भएको छ । पुरानो समयको झल्को दिने गीतमा प्रेम र यात्राको भावलाई रमाइलो शैलीमा प्रस्तुत गरिएको छ । गीतमा प्रेमिकालाई यात्राको निम्तो दिँदै प्रेमीले आफ्नो प्रेमभाव व्यक्त गर्छन्। गीतमा डा. नवीन ‘अन्योल’को स्वर रहेको छ ।

लामो समयदेखि अमेरिकामा बस्दै आएका डा. नवीन ‘अन्योल’ सान डिएगो विश्वविद्यालयमा गणित तथा तथ्यांकशास्त्र विभागका प्राध्यापक तथा वैज्ञानिकका रूपमा कार्यरत छन् । नवराज श्रेष्ठले निर्माण गरेको गीतको म्युजिक भिडियो केशवराज भट्टले निर्देशन गरेका हुन् । भिडियोमा प्रियंका कार्की र सुरेश कोहलीको अभिनय रहेको छ । गीत तथा भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो ।