• २०८३ आश्विन १२, सोमबार

साहित्यकार शान्ति नीहारिकाको निधन

विराटनगर ।

उपन्यास ‘चट्याङको मूच्र्छना’ तथा कविता सङ्ग्रह ‘पृथुला’ मार्फत नेपाली साहित्यमा आफ्नो बलियो उपस्थिति जनाएकी साहित्यकार शान्ति नीहारिकाको निधन भएको छ। उनको आज असोज ८ गते विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

एक साताअघि उनी सवार हायसलाई ट्रकले ठक्कर दिँदा भएको दुर्घटनामा नीहारिका गम्भीर घाइते भएकी थिइन् । दुर्घटनापछि उनलाई विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उपचारका क्रममा उनको स्वास्थ्य अवस्था क्रमशः जटिल बन्दै गएको थियो । उनका निकटस्थ तथा मित्रहरूका अनुसार दुर्घटनापछि उनका दुवै फोक्सोमा गम्भीर समस्या देखिएको थियो । उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिनुका साथै उच्च मात्रामा एन्टिबायोटिकलगायतका औषधि प्रयोग गरिएको थियो । तर, निरन्तर उपचारका बाबजुद उनको स्वास्थ्यमा सुधार आउन सकेन । चिकित्सकीय प्रयासका बीच उनको निधन भएको  ।

‘चट्याङको मूच्र्छना’ उपन्यास र ‘पृथुला’ कविता सङ्ग्रहबाट साहित्यिक क्षेत्रमा आफ्नो विशिष्ट पहिचान बनाएकी नीहारिकाको निधनले नेपाली साहित्यमा अपूरणीय क्षति पुगेको साहित्यकर्मीहरूले बताएका छन् ।