• २०८० मंसिर १३ बुधबार

शङ्कर लामिछानेको ९५औँ जन्मजयन्ती

काठमाडौँ, ६ चैत, २०७८

शङ्कर लामिछाने प्रतिष्ठान शनिबार वरिष्ठ निबन्धकार शङ्कर लामिछानेको ९५औँ जन्मजयन्तीको आयोजना गरेका छ । प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सञ्चालित कार्यक्रममा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले वरिष्ठ नृत्यकार भैरवबहादुर थापालाई प्रतिष्ठानका तर्फबाट सम्मान गरेका थिए ।

सो अवसरमा प्रज्ञा-प्रतिष्ठानका कुलपति उप्रेतीले शङ्कर लामिछाने नेपाली निबन्धको क्षेत्रमा बिर्सी नसक्नु गुन लगाएको बताउँदै प्रतिष्ठानको सक्रियताको प्रशंसा गरे ।

समारोहमा समालोचकद्वय प्रमोद प्रधान, प्रा. ज्ञानु अधिकार, निबन्धकार युवराज नयाँघरे तथा गोविन्द गिरी प्रेरणाले शङ्कर लामिछानेको योगदानबारे चर्चा गरेका थिए । प्रतिष्ठानका तर्फबाट अस्मिता सुमार्गी तथा अनेसासका केन्द्रीय उपाध्यक्ष राजेन्द्र श्रेष्ठलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा थाहा पुस्तकालयमा अध्यक्ष एवं गीतकार अस्मिता सुमार्गी र अनेसासका केन्द्रीय उपाध्यक्ष अमेरिका निवासी राजेन्द्र श्रेष्ठलाई सम्मान गरिएको थियो ।