• २०८३ आश्विन ३, शनिबार

‘कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार–२०८२’ का लागि उत्कृष्ट तीन कृतिको सूची सार्वजनिक

काठमाडौंँ ।

कविडाँडा साहित्य समाज, चितवनले ‘कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार–२०८२’ का लागि उत्कृष्ट तीन आख्यानकृतिको छनोट गर्दै संक्षिप्त सूची सार्वजनिक गरेको छ । संक्षिप्त सूचीमा ‘तोरकीन’ (क्षितिज समर्पण), ‘महायुग’ (सीमा आभास) र ‘राजमाता’ (नीलम कार्की निहारिका) परेको समाजका अध्यक्ष एलबी क्षेत्रीले जानकारी दिएका छन् ।

उक्त तीन उत्कृष्ट आख्यानकृतिहरूमध्येबाट एक कृतिलाई सर्वोत्कृष्ट पुरस्कृत आख्यानकृतिका रूपमा घोषणा गरिने जनाइएको छ ।