समाचार
काठमाडौं ।
नेपाली लोक तथा सांगीतिक क्षेत्रमा सक्रिय कलाकार एलिना रायमाझीको प्रस्तुति तथा निर्देशनमा तयार भएको नयाँ म्युजिक भिडियो ‘बाटो नहेरे आमा’ सार्वजनिक भएको छ । भावनात्मक शीर्षकसहित आएको गीतमा पारिवारिक सम्बन्ध र आमाप्रतिको भावनालाई केन्द्रमा राखिएको छ । गीतमा लक्ष्मी परियारको सुमधुर स्वर रहेको छ । आयान न्यौपानेको शब्द तथा संगीत रहेको गीतलाई कृष्ण केसीले एरेन्ज गरेका छन् । गीतको मिक्सिङ तथा मास्टरिङ कुमार रानाले गरेका छन् भने रेकर्डिस्टका रूपमा सुमन÷खुमान रानाको काम रहेको छ ।
म्युजिक भिडियोमा एलिना रायमाझी, शिशिर पौडेल, विशाल रायमाझी तथा सुर्वीर पण्डित (दारी बा) लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । भिडियोमा कलाकारहरूको अभिनयमार्फत गीतको भाव र कथालाई प्रस्तुत गर्ने प्रयास गरिएको छ । भिडियोको निर्देशन एलिना रायमाझी स्वयंले गरेकी हुन् । प्रकाश खड्का एन्ड टिमले छायांकन गरेको भिडियोमा राजकुमार मगरले भिजुअल एडिट तथा कलरको जिम्मेवारी सम्हालेका छन्। संगीता चन्दले मेकअप गरेकी छन् भने अर्जुन एडीले कोरियोग्राफी गरेका छन् । भिडियोको पोस्ट प्रोडक्सन राजकुमार फिल्म्सले गरेको छ ।
‘बाटो नहेरे आमा’ शीर्षकले नै आमाको माया, प्रतीक्षा र भावनात्मक सम्बन्धलाई संकेत गर्ने भएकाले गीत सार्वजनिक भएसँगै दर्शक तथा संगीतप्रेमीको ध्यान तानेको छ। विशेषगरी आमासँग जोडिएका भावनालाई संगीत र अभिनयमार्फत प्रस्तुत गरिएको यो सिर्जना दर्शकका लागि भावुक अनुभव बन्न सक्ने देखिन्छ । एलिना रायमाझीको प्रस्तुति तथा निर्देशन रहेको यो म्युजिक भिडियो उनकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। नयाँ सिर्जनालाई दर्शक तथा संगीतप्रेमीले हेरेर प्रतिक्रिया, माया र साथ दिने अपेक्षा निर्माण टिमले गरेको छ ।
