समाचार
इलाम–कवि प्रतिभा पौडेलको सातौँ कृति तथा महाकाव्य तितिक्षा इलामस्थित अरनिको सांस्कृतिक सङ्ग्रहालय, पुरानो दरबारमा एक कार्यक्रमबीच लोकार्पण गरिएको छ ।
इलाम नगरपालिकाका प्रमुख केदार थापाको प्रमुख आतिथ्य तथा इलाम नगर साहित्य, कला तथा सङ्गीत प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङको अध्यक्षतामा आयोजित कार्यक्रममा तितिक्षा सार्वजनिक गरिएको हो । कार्यक्रममा साहित्यकार तथा साहित्यप्रेमीहरूको उल्लेख्य सहभागिता रहेको थियो । लोकार्पण कार्यक्रममा साहित्यकार इन्द्रनारायण सुवेदी, सोम निरौला, टीका घिमिरे तथा युवा साहित्यकार एवं कवि अन्वेष थुलुङले तितिक्षा महाकाव्यमाथि टिप्पणी तथा समीक्षात्मक धारणा राखेका थिए । उनीहरूले महाकाव्यमा समेटिएका विषयवस्तु, सामाजिक सरोकार तथा साहित्यिक पक्षबारे चर्चा गरेका थिए ।
