• २०८३ भाद्र १५, सोमबार

राजाराम बर्तौलार्कोे नियात्राकृति ‘लिगलिगे दौड’ सार्वजनिक

काठमाडौं ।

साहित्यकार राजाराम बर्तौलाको अर्को नियात्राकृति ‘लिगलिगे दौड’ सार्वजनिक गरिएको छ । बर्तौलाले यसअघि नै दुई नियात्राकृति बजारमा ल्याइसकेका छन् । कविता, निबन्ध समेत गरेर उनले सात कृति पाठकसामु पस्किइसकेका छन् । ‘लिगलिगे दौड’ उनको आठौँ कृति हो । अनुसन्धान विमर्श नेपालले यो नियात्राकृति बजारमा ल्याएको हो ।