• २०८३ भाद्र ४, बिहीबार

दुर्गेश थापाको ‘बिच्च बिच्चमा २.०’ सार्वजनिक

राजधानीका सोमबार आयोजित विशेष कार्यक्रमबिच ‘बिच्च बिच्चमा २.०’ गीत सार्वजनिक भएको छ । गीतमा मोडेल दुर्गेगसँथै स्मारिका ढकाल, करिस्मा केसीलगायतका कलाकारहरुको प्रस्तुति छ। तीज गीतलाई लक्षित गरेर बनाइएको गीतमा दक्षिण भारतीय शौलीको नृत्य देखिन्छ । दुर्गेशका छोरा दक्षित थापाको पनि छोटो प्रस्तुति गीतमा छ ।

उक्त गीत दुर्गेशकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। यसमा दुर्गेश थापा, बबिना किराइ, बेनिशा पौडेल लगाय कलाकारको स्वर रहेको छ ।