• २०८३ भाद्र १, सोमबार

सरिता भारतीको स्वरमा ‘भिजायो फरिया बर्खैले’ सार्वजनिक

काठमाडौँ ।

गायिका, मोडल तथा सञ्चारकर्मी सरिता भारतीको स्वरमा नयाँ तीज गीत ‘भिजायो फरिया बर्खैले’को भिडियो सार्वजनिक भएको छ । अविवाहित युवतीहरूको भावना, प्रेम, उमङ्ग र तीजको सांस्कृतिक माहोललाई समेटिएको गीत भारतीले आफ्नै अफिसियल युट्युब च्यानल एसबी क्रिएसन नेपालमार्फत सार्वजनिक गरेकी हुन् ।

तीजको मौलिक स्वाद रहेको यस गीतका शब्द सुमन पण्डितले लेखेका हुन् भने गीतको लय तथा सङ्गीत पनि पण्डितकै रहेको छ। त्यसैगरी गीतमा मदन केसीको सङ्गीत संयोजन छ ।

गीतको भिडियोमा गायिका सरिता भारतीसँगै ब्युटिसियन ट्यालेन्ट नेपाल सिजन–८ की विजेता चाँदनी श्रेष्ठ, ब्युटिसियन स्मृति सुब्बा, वरिष्ठ ब्युटिसियन सोनी कारञ्जित, ब्युटिसियनहरू निरु श्रेष्ठ, बिना रानामगर, मनिष नेपाल र बाल कलाकार वामिका जयसवाल लगायतको अभिनय देख्न सकिन्छ । ओमप्रसाद प्रसाईँले छायाङ्कन तथा सम्पादन गरेको यस भिडियोको निर्देशन डब्बु क्षेत्रीले गरेका छन् ।