• २०८३ श्रावण ३१, आईतवार

शान्तीश्री परियारको ‘छोरा बनाइदे’ सार्वजनिक

काठमाडौँ ।

गायिका शान्तीश्री परियारको तीज गीत ‘छोरा बनाइदे’ सार्वजनिक गरिएको छ । वसन्त थापाको शब्द र संगीत रहेको गीतमा नेपाली समाजमा महिलाहरूले भोग्नुपर्ने विविध सामाजिक समस्या, विभेद र पीडालाई समेटिएको छ । गीतको माध्यमबाट एक महिलाले आफ्नो जीवनका सङ्घर्षहरू व्यक्त गर्दै अर्को जुनीमा ‘छोरी’ भएर होइन, ‘छोरा’ भएर जन्मिने चाहना राखेकी छन् ।

हाम्रो समाजको पितृसत्तात्मक संरचना र त्यसभित्र गुम्सिएका महिलाका आवाजहरूलाई प्रतिनिधित्व गर्दछ । गीतको म्युजिक भिडियोमा अञ्जली अधिकारी र गीतकार थापाको अभिनय छ । प्रकाश भट्टको निर्देशन तथा कोरियोग्राफी रहेको गीतमा समाजको यथार्थ परिवेशलाई आकर्षक ढंगले चित्रण गरिएको छ। शिव राज पौडेलको निर्माण रहेको गीत पशुपति म्युजिकको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।