• २०८३ श्रावण २७, बुधबार

गणेश बजाचार्यद्वारा लिखित ‘सत्तरी वसन्तहरू’ कृति सार्वजनिक

काठमाडौं ।

लेखक एवं शिक्षासेवी गणेश बजाचार्यद्वारा लिखित ‘सत्तरी वसन्तहरू’ आत्मवृत्तान्त कृति सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच भोजपुर बहुमुखी क्याम्पसका पूर्वप्रमुख केदारनाथ श्रेष्ठ तथा पूर्वअर्थमन्त्री एवं कवि शंकरप्रसाद कोइरालाले कृति लोकार्पण गरे ।

नेपाल वाङ्मय फाउण्डेसनद्वारा आयोजित कार्यक्रमा जिल्लाका विभिन्न क्षेत्रका अगुवाहरूको उल्लेख्य उपस्थिति थियो । कार्यक्रममा बज्राचार्यको कृतिमाथि वक्ताहरूले विमर्श गरेका थिए । कार्यक्रममा विशिष्ट अतिथिको रूपमा पूर्वमन्त्रीद्वय टंक ढकाल, कृपासुर शेर्पा, पूर्वसांसद प्रभा बज्राचार्य,पूर्व राजदूत भीम उदास ,वरिष्ठ संगीतकार बुलु मुकारुङ,वरिष्ठ गीतकार श्याम तमोटलगायत सहभागी थिए ।

कार्यक्रमको व्यवस्थापन बजाचार्य परिवार, बानेश्वर, काठमाडौंले गरेको थियो । भोजपुरे सेवा समाज, काठमाडौं, टेम्के सेवा समाज, भोजपुरे शंख समाज, ललितपुर र जगतसिंह श्रेष्ठ वंश समाज, सह–आयोजकको रूपमा रहेका थिए ।