गीत
मोरङ ।
‘नझरेका फूलहरू’को आयोजनामा साउन महिनाका प्रत्येक शनिबार सञ्चालन हुँदै आएको साहित्यिक कार्यक्रम ८८‘झरी र इन्द्रेणी’८८को चौथो शृङ्खला सम्पन्न भएको छ । साहित्यकार नवराज नवशिलाको सञ्चालन तथा कवि देवान किराँतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सुकुना बहुमुखी क्याम्पसका अध्यक्ष सुरेन्द्रबहादुर थापा प्रमुख अतिथिका रूपमा सहभागी थिए ।
चौथो शृङ्खलामा बिर्तामोड, झापाकी गजलकार सुनिता तामाङ, सलकपुर, मोरङका गजलकार राज यात्री लम्साल तथा अर्का सर्जक सहभागी भएका थिए। कार्यक्रममा सहभागी गजलकारहरूले दुई चरणमा तीन–तीन वटा गजल प्रस्तुत गरेका थिए ।
कार्यक्रमको सुरुवात गायिका यमुना पराजुलीले ‘साउनको झरी बनी तिमी आउन’ गीत प्रस्तुत गरेर गरेकी थिइन् । उनको प्रस्तुतिले कार्यक्रमको वातावरणलाई थप साहित्यिक र संगीतमय बनाएको आयोजकले जनाएको छ । साउन महिनाका प्रत्येक शनिबार साहित्यिक सिर्जना र सर्जकलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले ‘झरी र इन्द्रेणी’ कार्यक्रम आयोजना हुँदै आएको हो। कार्यक्रममा साहित्यप्रेमी तथा सर्जकहरूको सहभागिता रहेको थियो ।
कार्यक्रमको निरन्तरताका लागि ‘नझरेका फूलहरू’का परिकल्पनाकार केपी घिमिरेलाई आयोजक तथा सहभागीहरूले धन्यवाद व्यक्त गरेका छन् । ‘झरी र इन्द्रेणी’को आगामी शृङ्खला पनि साउन महिनाको अर्को शनिबार आयोजना हुने आयोजकले जनाएको छ ।
