• २०८३ श्रावण २५, सोमबार

तीन प्रज्ञा प्रतिष्ठानमा नयाँ नेतृत्व: नगरकोटी, ताम्राकार र खनाल कुलपति

काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा आख्यानकार कुमार नगरकोटीलाई, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपतिमा एरिना ताम्राकारलाई र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपतिमा सर्जक ब्रजेश खनाललाई मनोनित गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको अध्यक्षतामा गठित सिफारिस समितिको सिफारिसबमोजिम प्रधानमन्त्रीले मिति २०८३।०४।१९ गते नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा प्राज्ञसभा सदस्यहरूलाई मनोनित गरिएको पनि मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस पौडेल) ले तीनै कुलपतिलाई शपथग्रहण गराएका छन् । विज्ञप्तिअनुसार नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्यहरूमा कुमार नगरकोटी, अविनाश श्रेष्ठ, रोशन शेरचन, प्रतिसरा मानन्धर, कृष्णराज चौधरी, सीता सुब्बा, तीर्थबहादुर गुरुङ, रुपा कुमारी, नवीन नेपाली, दीपक सापकोटा, दुर्गाबहादुर घर्ति, सरस्वती पन्त, रेणु कुमारी, तुलसीराम खनाल, दीपक श्रेष्ठ, खगेन्द्र गुरुङ, अनिता न्यौपाने, परिवेश चापागाई, रोशन परियार, शंकरमणि त्रिपाठी, प्रभा कुमारी बराल, सुदिप पाख्रिन, मोहित जोशी, दिनमान गुर्मछान, प्रकाश थाम्सुहाङ्ग, अस्मिता विष्ट, सोमबहादुर धिमाल, सुश्री हरि प्रिया श्रेष्ठ, श्यामसुन्दर ढकाल, खडगकुमार गिरी, श्रीमती हेमन्त जोशी, इनतियाज मिया, किरण पौडेल, शान्तिनारायण श्रेष्ठ र सृजना कुमारी शाही रहेका छन् ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्यहरूमा एरिना ताम्राकार, चन्द्रश्याम डंगोल, कैलाशकुमार, जुपिटर प्रधान, कुबिर देवान, संगी श्रेष्ठ, ध्रुवराज शर्मा, ओमप्रकाश यादव, विणा पौड्याल, भूवन थापा, दलबहादुर गुरुङ, उजय बज्राचार्य, मिना कायस्थ, इन्दिरा श्रेष्ठ, रन्जु कुमारी यादव, इसान परियार, इन्द्रप्रसाद शिल्पकार, दीपक आउजी, नारायणबहादुर गुरुङ, हरिओम मेहता कोइरी, छेवाङ लामा, र नम्रता सिंह दनुवार रहेका छन् ।

त्यसैगरी नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्यहरूमा ब्रजेश खनाल, झुमा वनेम, भुपेन्द्रसिंह रायमाझी, छेन्दोक हाङ्ग राई, जीतबहादुर देउजा, सुबिमा श्रेष्ठ, सरस्वती चौधरी, राजन मुकारुङ, रेखा शाह गुरुङ, डिक्रा वादी, भीमप्रसाद योङहाङ, शिवराम रिजाल, पुष्करबहादुर गुरुङ, गोविन्द सुनार, रजत सिंह, रामकुमार मण्डल, दीपक पराजुली, अक्षता अधिकारी, विनोद बानिया, मोतीबहादुर कार्की, रेखा कुमारी जोशी, अनिल आङथुपो, अग्रिम लामा र पारस सुवेदी मनोनयन भएको मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।