होली विशेष
विराटनगर ।
नोबेल साकोस साहित्य संस्था विराटनगरको नियमित साहित्यिक कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा इनरुवाका चर्चित लघुकथाकार रमेन्द्र कोइरालालाई साहित्यिक योगदानको कदर गर्दै माला, खादा, प्रमाणपत्र तथा नगदसहित सम्मान गरिएको हो ।
सम्मानित व्यक्तित्व रमेन्द्र कोइरालाको साहित्यिक व्यक्तित्व तथा योगदानबारे साहित्यकार भुपाल तिम्सिना र ऋषि तिवारीले प्रकाश पारेका थिए । उनीहरूले कोइरालाको लघुकथा विधामा रहेको योगदान उल्लेखनीय रहेको बताए । संस्थाकी अध्यक्ष मञ्जु घिमिरे दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यकार ममता मृदुल प्रमुख अतिथि रहेकि थिइन् । कार्यक्रममा मेदिनी शर्मा भण्डारी, लिलानाथ सिलवाल, बलराम पोखरेल, केसु बिरही, शिवनारायण सिङ्गल, भरत गुरागाईं ‘बर्बरिक’ र भवानी पोखरेल विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए ।
कार्यक्रममा द्वारिका प्रसाद पोखरेल, नवराज नवशिला, ऋषि तिवारी, भुपाल तिम्सिना, हरि कट्टेल, विष्णु दाहाल, गोपाल पोखरेल, डोमी तामाङ, लोचन रिजाल लगायत साहित्यकारहरूको उपस्थिति रहेको थियो । विराटनगर, इनरुवा, बेलबारी, इटहरीलगायत विभिन्न स्थानबाट साहित्यकारहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।
कार्यक्रममा उद्घाटन, राष्ट्रिय गान, स्वागत मन्तव्य, सम्मान अर्पण, शुभकामना मन्तव्य, रचनावाचन तथा मायाको चिनो प्रदान गर्ने कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रमको सञ्चालन संस्थाकी सचिव सुजाता राईको रहेको थियो ।
