कविता
काठमाडौँ ।
चलचित्रकर्मी तथा लेखक नबल खड्काको नयाँ पुस्तक ‘नबल खड्का’ नेपालको उत्तर–पश्चिमी सीमास्थित दार्चुलाको तिङ्कर भञ्ज्याङमा विमोचन गरिएको छ। समुन्द्र सतहदेखि ५,२५८ मिटरको उचाइमा रहेको ऐतिहासिक १ नम्बर जङ्गे सीमा स्तम्भमै पुगेर सो पुस्तकको विमोचन गरिएको हो ।
राष्ट्रिय जेन्जी नागरिक अभियानद्वारा आयोजित कार्यक्रममा अभियानका संयोजक सुनिल सिंहले पुस्तक विमोचन गरे । कार्यक्रमका अध्यक्ष सिंहले अभिनेता खड्कालाई देशप्रेमको सशक्त आवाजको संज्ञा दिँदै राज्यले समयमै यस्ता देशभक्तको कदर गर्नुपर्नेमा जोड दिए।
कार्यक्रमलाई अभिनेता खड्काले आफ्नो पुस्तक ‘नबल खड्का’ तथा
चलचित्रहरू ‘भीमदत्त’ र ‘काँडेतार’ बाट प्राप्त हुने मुनाफाको ५० प्रतिशत हिस्सा सीमा सुरक्षा र राष्ट्रिय स्वाभिमानका लागि प्रदान गर्ने घोषणा गरे। खड्काले सरकारलाई भने, ’हामी ० नम्बर पिलर खोज्न गयौँ तर भेटिएन। सरकारले ० नम्बर पिलर कहाँ छ, देखाइयोस्।’ उनले लिपुलेक, लिम्पियाधुरा र महाकाली क्षेत्रको वास्तविक अवस्था बुझ्न सरकारलाई स्थानीयसँगै एक रात बसेर हेर्न समेत सुझाए ।
