रम्बास कविता
काठमाडौँ ।
नेपाली साहित्यिक जगतमा ’गीतादिदी’को रूपमा लोकप्रिय उपन्यासकार गीता केशरीको आज असार १८ गते बिहान ७ बजे चाबहिलको ओम अस्पतालमा निधन भएको छ । उहाँ ८६ वर्षको हुनुहुन्थ्यो र विगत केही समयदेखि अल्जाइमर्स, हृदयरोग आदिबाट पीडित हुनुहुन्थ्यो । उहाँलाई एक हप्ताअघि गाह्रो भएर ओम अस्पतालमा भर्ना गरी आईसीयूमा राखी उपचार गरिँदै थियो ।
गीता केशरीका कसिङ्गर, सौगात, आवाज, मुक्ति लगायतका दर्जन बढी उपन्यासहरू प्रकाशित छन् । उहाँको पार्थिव शरीर अहिले बिहान ९ बजेपछि आर्यघाटको विद्युत शवदाह गृहमा अन्त्यष्टि गरिएको जानकारी पारिवारिक श्रोतबाट थाहा हुन आएको छ ।
