समाचार
गहिरी हेर जिन्दगी भित्र डुबुल्की मारेर
आँसुले हैन सफल हुन्छौ बुर्कुशी छरेर
बिद्युत-शक्ति नदीको बेगको नै हो उपज
दिमाग घोटी पगाले हुन्छ बुद्धिको बिकाश ।
हे युवा तिमी उद्देश्य आफ्नु अटल बनाउ
तुफान बीच भत्किन बाट कर्तब्य बचाउ
डटेर अघि बढेर जाँदा परेमा संकट
सम्झना गर, हरेक मोडमा बिश्वाश मिल्नेछ ।
२०३५-०३-०४, धरान
(संयुक्त राज्य अमेरिकाको हार्वार्ड विश्वबिद्यालयबाट कानून संकायमा स्नातकोत्तर र एरिजोना राज्य विश्वबिद्यालयबाट विद्यावारिधि प्राप्त गर्नु भएका डा। अधिकारी हाल एरिजोना राज्यमा बसोबास गर्नुहुन्छ )