• २०८३ असार १२, शुक्रबार

सुरेन गौतमको ‘आँटेपछि मर्दले’ गीत सार्वजनिक

काठमाडौँ, असार ११ गते ।

सुरेन गौतम नेपाली संगीत क्षेत्रमा बहुआयामिक गायनका लागि परिचित कलाकार हुनुुहन्छ । आधुनिक, पप, लोक तथा फोक–रक लगायत विभिन्न विधामा उहाँको सफल प्रस्तुति रहँदै आएको छ । उहाँको स्वर रहेको ‘आँटेपछि मर्दले’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा उहाँलाई गायिका समिक्षा अधिकारीले साथ दिनुभएको छ । दुबैको सुमधुर स्वरले गीतमा भाव, मिठास र गहिराइ थपेको छ । गीतको म्युजिक भिडियोमा प्रदीप लामा र जुना सुन्दासको आकर्षक अभिनय देख्न सकिन्छ ।

लोक तथा आधुनिक संगीतको सुन्दर संयोजन रहेको यस गीतले नेपाली मौलिक भावनालाई समकालीन संगीत शैलीसँग जोडेको छ । गीतका शब्द तुलसी बस्नेतले लेख्नुभएको हो भने संगीत गायक गौतम स्वंयको रहेको छ ।
दिनेश श्रेष्ठको संगीत संयोजन रहेको गीतको म्युजिक भिडियोको निर्देशन तथा कोरियोग्राफी सियोन श्रेष्ठले गर्नुभएको हो । अनिल के. मानन्धरले छायांकन गर्नुभएको गीतमा मनोज कार्की सम्पादन रहेको छ ।