समाचार
काठमाडौँ ।
विमलकुमार ताम्राकारले सम्पादन र प्रकाशन गर्दै आएको ‘स्वर्णद्वार’ (लघुकथा प्रधान) त्रैमासिक पत्रिकामा वर्षभरि प्रकाशित १७५ लघुकथामध्ये १३७–००८ अङ्कमा प्रकाशित भएको ‘मुकुट’ लघुकथालाई प्रथम पुरस्कार अर्पिन लागेको हो । २०११ सालमा इमाडोल – १ ललितपुरमा जन्मिएका गिरीका २०३२ साल फागुन २ गतेको ‘संरक्षक’ साप्ताहिकमा प्रकाशित ‘गुलाफ रहेछ कागजको’ कविता पहिलो रचना हो ।
त्रिभुवन विश्वविद्यालयबाट झन्डै ४४वर्ष सेवा गरी २०७४ साल कार्तिकमा उपप्रशासक (उपसचिव) पदबाट अवकाश भएका उनका ‘भेडी गोठ र भेडो’ (२०७३) र ‘पुत्लादहन’ (२०७८) प्रकाशित लघुकथासङ्ग्रह हुन् । त्यस्तै ‘छचल्का’, ‘बलेँसी’ जस्ता सामूहिक लघुकथासंग्रहमा उनका लघुकथाहरू प्रकाशित छन् । यसअघि उनी २०७४ सालमा गोरखापत्र संस्थानले आयोजना गरेको राष्ट्रव्यापी लघुकथा प्रतियोगितमा प्रथम पुरस्कार र लघुकथा सकाज नेपाबाट २०७७, धनमान लघुकथा पुरस्कार पाएका थिए । यस्तै उनले विभिन्न विधाबाट एक दर्जन बढी पुरस्कार पाएका छन् ।
त्यस्तै कङ्काल बस्ती (मुक्तकसङ्ग्रह, २०३८), सागर लहर किनार (गजलसङ्ग्रह, २०५४), अनामिका (कथासङ्ग्रह, २०६१), धुनी तापेर (हाइकुसङ्ग्रह, २०६१), हराएका इलाकाहरू (कवितासङ्ग्रह, २०७३), सम्झनामा शकुन्तला (संस्मरण,२०७६), भुइँकुहिरो (हाइकुसङ्ग्रह), ईश्वरको अनुहार (कथासङ्ग्रह, २०८०),दिव्य गिरी–साहित्यमा अर्ध शताब्दी (२०८२) उनका प्रकाशित कृति हुन् ।
