समाचार
काठमाडौं ।
चर्चित स्त्रीरोग विशेषज्ञ प्रा.डा. चन्दा कार्की भण्डारी, प्रा.डा. हिरा तुलाधर तथा प्रा.डा. सुमनराज ताम्राकारको सहलेखनमा प्रकाशित पुस्तक ‘इसेन्सियल इन्स्ट्रुमेन्ट इन अब्सटेट्रिक्स एन्ड गाईनेकोलोजी’ र प्रा.डा. कार्कीद्वारा लिखित कविताकृति ‘छचल्किएका भावनाहरू’ एकसाथ लोकार्पण गरिएको छ ।
शुक्रबार काठमाडौंमा शिवचन्द्र स्मृति प्रतिष्ठान, महोत्तरीको आयोजनामा सम्पन्न कार्यक्रममा अतिथिहरू डा. बेनुबहादुर कार्की, प्रा.डा. ज्ञानेन्द्रमान सिंह कार्की, डा. सपना अमात्य, सांसद कामिनी चौधरी र विन्ध्यबासिनी कंसाकारले संयुक्त रूपमा कृति सार्वजनिक गरे ।
कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष राजनसिंह भण्डारीले प्रतिष्ठानकाबारेमा जानकारी दिँदै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारे । कार्यक्रममा लेखक प्रा.डा. कार्कीले दुवै पुस्तकको भाव र उद्देश्यका विषयमा आफ्ना धारणा राखिन् । उक्त अवसरमा पुस्तकका सहलेखक प्रा.डा. तुलाधर र प्रा.डा. ताम्राकारले सहलेखनको आफ्नो अनुभूति साझा गरे । उक्त पुस्तकहरूको बिक्रीबाट संकलित रकम शिवचन्द्र स्मृति प्रतिष्ठानबाट संचालन गरिने सामाजिक कार्यमा प्रयोग गरिनेछ ।
