• २०८१ माघ २ बुधबार

तीन प्रज्ञा प्रतिष्ठानका तीन कुलपतिले गरे शपथ ग्रहण

काठमाडौँ- तीन प्रज्ञा प्रतिष्ठानका तीनजना कुलपतिहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र ललितकला प्रज्ञा प्रतिष्ठानका नवनियुक्त तीन कुलपतिहरूले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष तीनजना कुलपतिहरूलाई पद तथा गोपनीयताको शपथ गराइएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीको सिफारिसमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा निशा शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठानमा भूपाल राई र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान नारदमणि हार्तम्छाली कुलपतिमा नियुक्त भएका हुन् ।