• २०८३ जेष्ठ १७, आईतवार

विष्णुप्रसाद शर्मा पराजुलीको कथासंग्रह ‘हिमलुङमा पलाएको माया’ लोकार्पण

काठमाडौं ।

साहित्यकार विष्णुप्रसाद शर्मा पराजुलीको नवीनतम् कथासंग्रह ‘हिमलुङमा पलाएको माया’ लोकार्पण गरिएको छ । काठमाडौंमा एक विशेष कार्यक्रमबीच उक्त कृतिको लोकार्पण गरिएको हो ।

सुनकोशी वाङ्मय प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा वरिष्ठ समालोचक प्रमोद प्रधानले पराजुलीका कथाले हिमाली जनजीवन, भूगोल र सामाजिक यथार्थलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको बताउनुभयो । उहाँले पराजुलीलाई हिमाली पदयात्राका अनुभवलाई कथामा रूपान्तरण गर्ने विशिष्ट कथाकारका रूपमा चित्रित गर्नुभयो ।

चर्चाकार हरिप्रसाद सिलवालले पराजुली नियात्राजस्तै कथामा पनि सफल देखिएको उल्लेख गर्दै कथासंग्रहका कथाहरू सशक्त रहेको बताउनुभयो । सञ्चारकर्मी तथा लेखक श्रीरामसिंह बस्नेतले पराजुलीका कथाको मूल आधार यात्रा र आञ्चलिक परिवेश रहेको धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा लेखक पराजुलीले कथा लेखनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । भुँडीपुराण प्रकाशनका केशव पराजुलीसँग अन्तरसंवादसमेत गरिएको उक्त कार्यक्रम प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालको अध्यक्षतामा सम्पन्न भएको थियो ।


मेरो चाहना

रङको चाड होली

निर्णय