कविता
काठमाडौं ।
साहित्यकार भीमप्रसाद काफ्लेको नयाँ पुस्तक ‘अन्तर्बोध’ (नवदर्शन) प्रकाशनमा आएको छ। यस पुस्तकमा धर्म, संस्कृति, विज्ञान, भाषाजस्ता विषयमाथि वस्तुपरक ढंगबाट चर्चा गरिएको उल्लेख छ । पुस्तकमा जीवन र जगत्मा विकसित हुँदैआएका मूलभूत पक्षहरूलाई विषय बनाइएको छ ।
भीमप्रसाद काफ्लेको यसअघि ‘एक सूर्य अनेक आलोक’, ‘नारी ः ओझेलभित्रकि आधा आकाश’, ‘घामका उपासक सूर्यप्रसाद लाकोजू’ प्रकाशित छन् । अन्तर्बोध उनको चौथो कृति हो ।
