• २०८३ जेष्ठ १५, शुक्रबार

चेतन काफ्लेका तीन मुक्तक

चेतन काफ्ले

चेतन काफ्ले

एकः
स्वादिष्ट र अमृत भोग थाली हजुरको,
अघि बढ्ने प्रेरणा,सधैँ ताली हजुरको ।
नफाटोस् है मन-मुटु, खुसी जिन्दगानी
सधैँ हाजिर फूल गोड्ने माली हजुरको ।

दुईः
कोही हृदयमा कहिल्यै नछुट्नेगरी बस्छन्,
कोही हृदयमा कहिल्यै नअट्नेगरी खस्छन् ।
रंगमञ्चमा आउने-जाने भइ नै रहन्छ
कोही गोमन साँपले नबॉच्ने गरी डस्छन् ।

तिनः
सबलाई ठिक्क पार्नसक्ने बोली हजुरको,
नर्टेनेलाई ठेगान लाउने टोली हजुरको ।
सार्वजनिक सम्पत्तिको चिरहरण गर्दै
लस्कर-तस्कर बीच गट्ठा-गोली हजुरको ।


चेतन काफ्ले