• २०८३ जेष्ठ १२, मंगलवार

चौथो राष्ट्रिय लेखक दिवस: ‘अभिव्यक्ति स्वतन्त्रताका चुनौतीहरू’ विषयमा परिसंवाद

काठमाडौं ।

नेपाली लेखक संघ, केन्द्रीय समितिले चौथो राष्ट्रिय लेखक दिवस परिसंवाद गर्दै मनाएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा ‘अभिव्यक्ति स्वतन्त्रताका चुनौतीहरू’ विषयमा परिसंवाद गरियो ।

परिसंवादमा साहित्यकार प्रा.डा. रमेश भट्टराईले लेखक समाजको प्रतिबद्ध सदस्य भएका कारण तिनले जहिल्यै पनि सत्ताको विरुद्धमा बोल्दै आएको उल्लेख गरे । उनले भने, “लेखक स्वतन्त्रताका पक्षपाति हुन्छन् । त्यसैले लेखक सत्तामाथि शब्दको ढुंगा हान्ने व्यक्ति हुन् ।”

कार्यक्रममा पद्मकन्या क्याम्पसकी सहायक क्याम्पस प्रमुख विमला नेपालले लेखकहरू विचार शक्ति प्रवल हुने गरेको उल्लेख गर्दै अभिव्यक्ति स्वन्त्रताका विषयमा आफ्ना धारणा राखिन् ।