कहानी-हिन्दी

जसकालागि
सारा संसार गवाँर छ
ऊ उभिन सक्छ उन्मादको शालिक चढेर
विना कुनै सकस, कुनै संकोच
घृणाले झुक्नेगरी सबैको शिर ।
निर्लज्जताको विरासतमा
प्राप्त गरेको सत्ता
ईमान, धर्म र संस्कारको खम्बामा
शौच गरेर मुस्कुराउन सक्छ,
दुर्गन्धित हुँदै गैरहेको
आफ्नै नियतको तलाउमा
जलकुम्भी-लालच मौलाउन सक्छ ।
नकचरो सत्ताको शासनमा
सौम्यताको सकस कतिवेला बिस्फोट हुन्छ ?
मौनताको शान्ती कतिवेला दग्ध हुन्छ ?
ताप र चापको असन्तुलन कति बेला श्रृजना हुन्छ ?
अनी भुकम्प कहाँ आउँ भनेर आउँछ र ?
अहंकार र छुद्रताको रागमहल भित्र
नकचरो सत्ता
भुकम्पले नपुरीएसम्म चेत पाउँदैन
र भुकम्पपछि चेत बस्ने चेतन बाँकी रहँदैन ।
श्रवणकुमार ढुंगाना
[email protected]