• २०८१ माघ ९ बुधबार

कवि सन्तोष कुमार पोखरेलका तीन कृति लोकार्पण

काठमाडौं र कवि सन्तोष कुमार पोखरेलका तीन वटा काव्य कृतिको लोकार्पण र अन्तरक्रिया कार्यक्रम काठमाडौंको पुतलीसडकस्थित ग्रीनलीफ फूडमा लोकार्पण गरिएको छ ।

हालै प्रकाशित उनको ‘शून्यको यात्रा र अन्य कविता’को लोकार्पण तथा ‘The War & Other Poems’ र ‘पहाड और सागर तथा अन्य कविताएँ’ समेत तीनै कृतिमाथि समीक्षा गरेर कार्यक्रम सकिएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य- सचिव धनप्रसाद सुवेदी, प्रा. संजीता बर्मा, राधेश्याम लेकाली, प्रा. भागवत ढकाल, सरीता अर्याल र लेखक सन्तोष कुमार पोखरेलले संयुक्त रुपमा पुस्तक लोकार्पण गरेका थिए ।

नेपाली काव्य कृतिको समीक्षा अम्बिका अर्यालले गर्नुभएको थियो । त्यस्तै हिन्दी र अङ्ग्रेजी काव्य कृतिका समीक्षक क्रमशः डिल्लीराम शर्मा संग्रौला र केशव सिग्देल हुनुहुन्थ्यो । कृष्ण प्रसाईं र भगवती बस्नेतले पोखरेलका नेपाली कविता वाचन गर्नु भएको थियो । त्यस्तै राधेश्याम लेकालीले हिन्दी अनि महेश पौड्याल र गौरव ओझाले अंग्रेजी कविता पाठ गर्नुभएको थियो ।

सन्तोष कुमार पोखरेल विश्वकवि, विश्वका स्वर्णकवि अन्तर्राष्ट्रिय उत्कृष्ट कवि र रसियाको सुनको प्वाँख जस्ता अन्तर्राष्ट्रिय पदवीहरूबाट अलंकृत नेपालको पहिलो साहित्यकार हुनुहुन्छ । गएको सेप्टेम्बर महिनामा कविको रसियाको दुई महिने यात्राका दौरान भएका साहित्यिक सम्मेलनहरूमा पोखरेललाई म्याक्सिम गोर्की मेडल र रसियाको सुनको प्वाँख मेडलबाट विभूषित गरिएको थियो । पोखरेलक रचनाहरू मन छुने र विचारोत्तेजक हुन्छन् । उहाँका कृतिहरू चालीस भाषामा अनुवाद भैसकेका छन् ।