म आउने समाचारले
मौसममा खुसी छाएछ
मनभित्रको गहन उदासी
बादलपारि उडी गएछ
खोज्न थाले नयनहरू
पाउनलाई प्रियाको दर्शन
उर्लिन थाले चाहनाहरू
गर्नलाई प्रियासँग मिलन
फेरि फर्की आएको छ
कहाँकहाँ हराएको मुस्कान
सुकेका ती ओठहरूमा
फैलिएको छ प्रेम–सुगन्ध
भित्र–बाहिर जताततै
गरिरहेछन् हर्षित
मेरा रोमरोम यसैयसै
गल्तीहरू ती शून्य थिए
गायब थिए रहरहरू
अब तिम्रा आलिङ्गनमा
सुगन्धित छन् खुसीहरू
पुनः लामो त्यो अन्तरालपछि ।
साभार: तिमीविनाको म(कवितासङ्ग्रह)
[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)