गीत
काठमाडौं ।
नाटककार, निर्देशक तथा अभिनेता पुरु लम्सालको नवीन नाट्यकृति ‘निऋति’ सार्वजनिक गरिएको छ । शिखा बुक्सले बजारमा ल्याएको यो कृतिमा पाँच फरक–फरक विषयका नाटक समेटिएको छ ।
लम्साल ‘नेपाली रंगमञ्चमा नेपाली नाटक’ अभियानका अभियन्ता हुन् । विदेशी नाटकको प्रभाव कम गरिनुपर्नेमा उनले जोड दिँदै आएका छन् । नेपाली माटो र परिवेशका नाटक लेखिनु र मञ्चन गरिनुपर्छ भन्ने अभियानको उनले नेतृत्व गर्दै आएका छन् ।
प्रा. डा. रामचन्द्र पोखरेलले नेपाली नाटक लेखनमा बालकृष्ण समको उत्तराधिकारीका रूपमा अशेष मल्ल देखिएका उल्लेख गरे । हाल मल्लको उत्तराधिकारीका रूपमा लम्साल देखिएका उनले बताएका छन् ।
