Book Review
काठमाडौँ ।
फेयरफ्याक्स, अमेरिका नेपाली गीतकार पुष्पा खनालले आफ्नो गीति यात्रामा एक महत्त्वपूर्ण उपलब्धि हासिल गरेकी छिन् । उनलाई ‘आइएसएसए अवाड्र्स अमेरिका २०२६’ (ISSA Awards USA 2026) को चार प्रतिष्ठित विधाहरूमा मनोनित गरिएको छ ।
खनाल निम्नलिखित विधाहरूमा मनोनित भएकी छिन्ः
फिमेल राइजिङ स्टार अफ द इयर (Female Rising Star of the Year)
फिमेल गीतकार अफ द इयर (Female Songwriter of the Year)
फिमेल एकल गीत अफ द इयर (Female Single of the Year)
म्युजिक भिडियो अफ द इयर (Music Video of the Year)
आफ्नो खुसी व्यक्त गर्दै खनालले विश्वभरका स्वतन्त्र गायक गीतकारहरूलाई सम्मान गर्ने यस्तो अन्तर्राष्ट्रिय मञ्चमा पहिचान पाउनु आफ्नो र नेपाली समुदायकै लागि निकै सम्मान र गौरवको विषय भएको बताएकी छिन् । उनले हाल खुल्ला गरिएको सार्वजनिक भोटिङमार्फत आफ्ना प्रशंसक र शुभचिन्तकहरूसँग भोटका लागि अनुरोध समेत गरेकी छिन् ।
