• २०८३ बैशाख ७, सोमबार

राधिका नेम्वाङ देवान स्मृति’ पुरस्कार कविता नेपाललाई

पाँचथर ।

नाट्य क्षेक्रमा सत्रिय स्रष्टा कविता नेपाल ‘राधिका नेम्वाङ देवान स्मृति’ पुरस्कारबाट सम्मानित हुने भएकी छन् । राधिका नेम्वाङ देवान स्मृति प्रतिष्ठानले उक्त पुरस्कार इलाम साहित्य महोत्सवको अवसरमा नेपाललाई वितरण गर्ने निर्णय गरेको हो । प्रतिष्ठानले विज्ञप्ती जारी गर्दै साहित्य, कला, संगीत, नाट्य तथा पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तिलाई हरेक वर्ष नगद २५ हजार रुपैयाँसहित सम्मान गर्ने परम्परालाई निरन्तरता दिँदै यस वर्ष नाट्य क्षेत्रबाट नेपाललाई छनोट गरिएको जनाएको छ ।

इलाम नगरपालिका साहित्य, कला तथा संगीत प्रतिष्ठानको सिफारिसका आधारमा झापाको काँकडभिट्टा निवासी नेपाललाई सम्मान गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष विरेन्द्र देवानले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । नेपाल लामो समयदेखि ‘परिवर्तन थ्रिएटर ’मार्फत नाट्य क्षेत्रमा सत्रिय छन् । उक्त पुरस्कार वैसाख १८ मा इलाम साहित्य महोत्सवको उद्घाटन समारोहका अवसरमा प्रदान गरिने जनाइएको छ ।