समाचार
काठमाडौं ।
उपन्यासकार गंगाप्रसाद भेटवालको दोस्रो उपन्यास ‘विश्वकर्मा भोजनालय’को सडक विमोचन गरिएको छ । यसअघि भेटवालको पहिलो उपन्यास ‘पर्दाभित्र’ प्रकाशित छ । साहित्यका लागि पुस्तक अभियानले पछिल्लो केही समयदेखि कृतिको सडक विमोचनको परम्परा थालनी गरेको छ । सडकमा विमोचन गरिएको यो १३औँ पुस्तक भएको अभियानले जनाएको छ ।
सोही सन्दर्भमा पठन संस्कृतिको विकास तथा विस्तारमा योगदान र्पुयाउने दृष्टिकोणका साथ ‘साहित्यका लागि पुस्तक’को प्रारम्भिक समिति गठन गरिएको छ । साहित्यकार डा. नवराज रिजालको संयोजकत्वमा गठित पाँच सदस्यीय यस समितिको महासचिवमा बद्रीप्रसाद ढकाल रहेका छन् ।समितिले साहित्य सम्बद्ध विभिन्न कार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
