• २०७९ चैत १२ आइतबार

जिन्दगी एक संघर्ष

इन्द्रेणी शर्मा जलद

इन्द्रेणी शर्मा जलद

बाल्यकाल चञ्चल
सुन्दर स्वतन्त्र परिवेश
आमा बाबाको लाडप्यार
वर्ष बित्दै गए
किशोर अवस्थामा
जीवनका खुसीहरू
शनै- शनै घेरिदै गए बन्धनमा
काम दाम र माम संघर्ष शुरू हुँदै गयो
आफन्त, साथी संगिनीको यात्रा सहयात्राले
जीवनको मोड बदलियो
लोभमोह क्रोधले नदी किनारझैं
बनाईदियो तन- मन जीवन
पर क्षितिजमा
एउटा मानव आकृति देखापर्यो
सपनाको महल
त्यो सुन्दर जीवन्त सपना
बिपना वनेर नजिकिन थाल्यो
अपरिचित किशोरी
मिठो बोली, लजालु मुहार, कामुक हेराई
कामदेव र रतिको मिलन
युवकले मुसुक्क हाँस्दै सोध्यो
बाटो बिर्सनु भयो कि ? केही भन्नु थियो कि ?
युवती मिठो बोलीमा
धेरैं धेरै टाढाबाट आएकी दिदीको घर खोज्दै
खै बाटो भुलियो कि ?
ऊ टोलाई रही मुस्कुराई रही
जीवनको मोड बदलियो
माया पग्लियो ऊ सहयात्री बनी
संघर्ष जारी छः !

घरभरी खुशी मिल्यो
सन्तान जन्मिए
बाटो अल्मलियो
सांसारिक भोग र मोक्ष प्राप्ति गर्न
झन जरूरी छ
संघर्ष जारी छ !

जीवन सुखमय बनाउन
टुप्लुक्क साहु आउँछन्
आफन्तीहरू हराउँछन्
जोरि पारी तमाशा हेर्न
बाल्कोनीमा देखिन्छन्
अचानक आँगनमा
वर्षौं हराएको गुमनाम
पल्टने छोरा देखिन्छ
छोरा छोरीको भेटघाट कार्यक्रम छ
हेर्दा हेर्दै समय बित्दै गयो
आजकल झुपडीमा
कोही पनि आउँदैनन्
छोरा फेरी विदेशियो
छोरी आफैँ बाटो लागि
छिमेकी देखा पर्दै पर्दैनन्
आफन्तीभुल्दै गए
अचानक बिमारी परेर
जीवन संगिनी पनि देवताको प्यारी बनिन्
आजकल कोही छैन्
एउटा झुपडी एउटा लौरो
एउटा कुकुर
आदिले बाँकी जीवन
यसरि नै बिताउँदै छु भन्छ त्यो मानिस
अर्थात् आममानिस
संघर्ष जारी छ रोकिएको छैन !


(बेलायत निवासी इन्द्रेणी शर्मा जलद साहित्यकार हु्न ।)
[email protected]