• २०८३ असार ३०, मंगलवार

उपन्यास ‘उर्वशी’लाई ‘सुप्रमा–ईप्रमा पुरस्कार’को घोषणा

काठमाडौं ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, यूकेले सन् २०२६ का लागि ‘सुप्रमा–ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार’को सर्वोत्कृष्ट कृति छनोट गरिएको घोषणा गरेको छ ।

अनेसास, यूकेका अध्यक्ष राज श्रेष्ठद्वारा प्रेषित विज्ञप्तिअनुसार निर्णायक समितिद्वारा उत्कृष्ट ६ कृतिमध्ये प्रा.डा. देवीप्रसाद सुवेदीको उपन्यास ‘उर्वशी’लाई सर्वोत्कृष्ट घोषणा गरिएको जनाइएको छ । उक्त पुरस्कारका साथ प्रमाणपत्र तथा नगद राशि ५०१ पाउण्ड प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ । पुरस्कार जुलाई ११ शनिबारका दिन लण्डनमा आयोजित भानु तथा ईश्वर जयन्ती कार्यक्रममा प्रदान गरिने विज्ञप्तिमा भनिएको छ ।