• २०८३ बैशाख ५, शनिबार

जोर्डनको ‘एभरेस्ट थ्रि फेसेस्’ लोकार्पण

काठमाडौँ ।

डेनिस पर्यटनविज्ञ बार्ट जोर्डनको सगरमाथासम्बन्धी पुस्तक ‘एभरेस्ट थ्रि फेसेस्’ लोकार्पण भएको छ । दश वर्षको परिश्रमपछि डेनिस पर्यटनविज्ञ बार्ट जोर्डनले लेखेको सगरमाथा सम्बन्धी पुस्तक ‘एभरेस्ट थ्रि फेसेस्’ काठमाडौंमा लोकार्पण भएको हो । यस पुस्तकमा ‘सगरमाथा’ को तीनतिरको आधारशिविरबारे सचित्र जानकारी दिइएको छ। उक्त पुस्तक म्याप हाउसले प्रकाशन गरेको हो ।

लेखकले उक्त पुस्तक पिक्टोरियल गाइड बुक भएको बताए ‘सगरमाथाको दक्षिणी बेस क्याम्प नेपालमा पर्दछ भने चीनको तिब्बतमा उत्तर र पूर्वी बेस क्याम्प । यिनकै विषयमा यसमा जानकारी दिइएको छ ।’ चार दशकदेखि भुटान, पाकिस्तान र नेपालका विषयमा गाइडबुक लेख्दै आएका जोर्डन पेशाले ट्रेकिङ गाइड हुन् । ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान)’को कार्यालयमा आयोजित कार्यक्रममा टानका अध्यक्ष सागर पाण्डे, पुस्तक लेखक जोर्डन, टानका महासचिव सोनाम ग्याल्जेन शेर्पा लगायतले पुस्तकका लोकार्पण गरेका हुन् ।

कार्यक्रममा टानका अध्यक्ष पाण्डेले ‘सगरमाथाका तीनैतिरका वेस क्याम्पका विषयमा जानकारी दिने राम्रो पुस्तक प्रकाशन गरेकामा लेखक र प्रकाशक दुवैको प्रशंसा गरेका थिए। यस पुस्तक र म्यापले पदयात्रा पर्यटनमा नयाँ आयाम थपेको चर्चा गरिएको छ । प्रकाशन संस्थाका प्रमुख पवन शाक्यले सगरमाथालाई फरक ढङ्गले हेर्न र बुझ्न सकून भनेर म्याप र पुस्तक प्रकाशन गरेको बताए ।