• २०८३ बैशाख २, बुधबार

कवि वियोगीलाई ‘लीलाध्वज थापा स्रष्टा सम्मान’

काठमाडौं ।

लीलाध्वज थापा साहित्य प्रतिष्ठानले कवि माधव वियोगी (माधवप्रसाद घिमिरे)लाई सम्मान गरेको छ । प्रतिष्ठानले नेपाली काव्यसाहित्यमा लामो समयदेखि योगदान पु¥याउँदै आएका कवि वियोगीलाई ‘लीलाध्वज थापा स्रष्टा सम्मान’ प्रदान गरेको हो । सम्मानसहित नगद १० हजार रुपैयाँसमेत प्रदान गरिएको जनाइएको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा पोखरा बसोबास गर्दै आएका कवि वियोगीले ०४१ सालतिर ‘छन्द मरिसक्यो, अब छन्द लेख्नु हाँस्यास्पद हो’ भन्ने सुनेपछि आफूले ‘छन्द कसरी मर्छ ?’ भन्दै छन्द बचाऊ अभियान सुरु गर्दै त्यसमा निरन्तर लागेको बताए । वियोगीका आठ महाकाव्य, आठवटा खण्डकाव्यलगायत कृति प्रकाशित छन् ।

कार्यक्रममा कविहरू कुमार नेपाल, विजयध्वज थापा, प्रा.डा. गोविन्दमानसिंह कार्की, डा. बमबहादुर थापा जिताली, टेकबहादुर लौडारी, बद्री उप्रेती, नम्रता उप्रेतीले रचना वाचन गरेका थिए । यस्तै, कृष्णप्रसाद पौडेल ‘जस्ताघरे’, वीरबहादुर लोहनी, मदनराज थापा, प्रार्थना खनाल जोशी, प्रदीप नेपाल, तारा दुवेदी, सुभाषचन्द्र पौडेल ‘भिमफेदिया’, गंगा खड्का, मानन्धर अभागी, ध्रुवराज थापा ‘पुरुष’ले पनि कविता वाचन गरेका गरेका थिए ।