• २०८३ बैशाख २, बुधबार

‘नेपाली भाषा साहित्यको विकासमा नेपाल तथा भारतका विश्वविद्यालयको भूमिका’ बृहत् ग्रन्थ लोकार्पण

काठमाडौं ।

प्राध्यापक सम्मेलनमा नेपाली भाषा साहित्यको विकासमा नेपाल तथा भारतका विश्वविद्यालयका भूमिका ग्रन्थको लोकार्पण गरिएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि डा. त्रिपाठीले नरेन्द्रराज प्रसाईले उक्त ग्रन्थ लोकार्पण गरेका हुन् । नरेन्द्रारज प्रासइ तथा इन्दिरा प्रसाईको सम्पादनमा नइ एकेडेमीले ‘नेपाली भाषा साहित्यको विकासमा नेपाल तथा भारतका विश्वविद्यालयको भूमिका’ बृहत् ग्रन्थको प्रकाशित गरेको थियो ।

समालोचक प्रा.डा. वासुदेव त्रिपाठीले ‘नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’को उद्घाटन समेत गरेका छन् । समारोहमा डा. त्रिपाठीले आन्तरिक स्रोतमा आयोजित सम्मेलनमा उच्च प्राज्ञिक खोजपूर्ण बृहत् ग्रन्थसमेत प्रकाशित हुनु अविस्मरणीय र ऐतिहासिक भएको बताए । ८७२ पृष्ठको उक्त ग्रन्थमा नेपाल तथा भारतका विश्वविद्यालयबारेका २५ आलेख समावेश रहेको एकेडेमीका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जानकारी दिएका छन् ।

नेपाल र भारतका विश्वविद्यालयहरूमा नेपाली विषयको प्राध्यापन र अनुसन्धान कार्यमा संलग्न साधकहरूबाट नेपाली विषयको पठनपाठनको इतिहास, तिनका पाठ्यक्रम तथा अनुसन्धानको अद्यावधिक इतिवृत्त यस ग्रन्थमा समेटिएको छ ।