• २०८२ चैत्र २७, शुक्रबार

चेतन काफ्लेका दुई मुक्तक

चेतन काफ्ले

चेतन काफ्ले

भन्छन् – हाम्रा कित्ताका जनता अहिले उता सरे,
भन्छन् – मन पग्लेर फेरि यतै फर्कलान नि भरे ।
यस्तै – यस्तै आशामा छन् पुराना दरबारियाहरु,
सुन्दै छु – फर्किन्नन् रे अब, सिण्डिकेट तोडियो अरे ।

विरोध गर्नेहरु सबै, शत्रु हुदैनन्,
पुरानो वस्तुहरु सबै, पत्रु हुदैनन् ।
हाम्रो विवेक यहीनेर चुक्यो कि-
चिल्लो घस्नेहरु सबै, मित्रु हुदैनन् ।


चेतन काफ्ले