• २०८२ चैत्र २५, बुधबार

‘भीमबहादुर स्मृति साहित्य पुरस्कार’ कविता राईलाई प्रदान गरिने

धरान ।

भीमबहादुर स्मृति प्रतिष्ठान नेपालले यस वर्षको ‘भीमबहादुर स्मृति साहित्य पुरस्कार’ कवि कविता राईलाई समर्पण गर्ने भएको छ ।

प्रतिष्ठानका संरक्षक तथा संस्थापक सुरेन्द्र लिम्बू परदेशीले जानकारी दिँदै आउँदो वैशाख ५ गते, २०८३ (२०२६ अप्रिल १८), बिहान ११ बजे पूर्वी नेपालको धरानस्थित होटल रत्न इनमा अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूहको वार्षिक प्रकाशन “परदेशी बिम्बहरू को लोकार्पण कार्यक्रममा कवि राईलाई पुरस्कार प्रदान गरिने बताउनुभयो ।

पुरस्कारको राशि पन्ध्र हजार पाँच सय पचपन्न र प्रमाणपत्र रहनेछ । भीमबहादुर स्मृति प्रतिष्ठानले यस प्रकारका साहित्यिक पुरस्कारमार्फत स्रष्टा र साहित्यको सम्मान गर्दै आएको छ र यस वर्ष पनि कवि राईको योगदानलाई उच्च कदर गर्दै पुरस्कार प्रदान गर्न लागिएको हो ।