• २०८२ चैत्र २४, मंगलवार

‘अर्थनीतिमा डा. स्वर्णिम वाग्लेको दृष्टि’ पुस्तक प्रकाशन

काठमाडौँ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले अर्थनीतिमा डा. स्वर्णिम वाग्लेको दृष्टिस् समृद्धि, असमानता र सुधारको वर्षौदेखिका बहस नामक पुस्तक प्रकाशन गरेको छ। यो पुस्तकको सोमबार अर्थमन्त्री वाग्लेलले अर्थ मन्त्रालयमा विमोचन गरेका हुन्। पुस्तकमा सेजनले विभिन्न समयमा विषयगत विशिष्टताका साथ प्रकाशन गरेका उनका ८ वटा गहन लेख समावेश गरिएको छ ।

अर्थमन्त्री वाग्लेले यो पुस्तकले सुधारको लागि विगतमा गरेको पैरवी स्मरण गराएको बताए । आम सरोकारवालालाई आफ्नो दृष्टिकोण बुझ्न सहयोग हुने उनको भनाइ छ । विगतमा उठाइएका आर्थिक सुधारका एजेण्डा पुस्तकमा समावेश छन् । पहिले विषय विज्ञका रूपमा सुधारका लागि उठाइएका धेरै कुरा सुनिएन । अन्ततस् राजनीतिमा आएर अहिले तीनै एजेण्डा कार्यान्वयन गर्ने कार्यकारी भूमिकामा छु, अर्थमन्त्री वाग्लेले भने, यिनै दस्तावेजका आधारमा सुधारका कामहरू गर्ने हो ।

पुस्तकमा २०७१ देखि २०८२ सम्मको एक दशक लामो नेपालको आर्थिक स्वरूपलाई विभिन्न आयामबाट सूक्ष्म ढङ्गले केलाइएको छ । दक्षिण एसियाली देशहरूबीचको व्यापार लागत, संघीयताको आर्थिक सबलीकरण, मिलिभगतको पुँजीवाद (क्रोनी क्यापिटालिजम) को अन्त्य र अन्तर्राष्ट्रिय सहायताको फेरिँदो स्वरूप जस्ता गम्भीर विषयहरू पुस्तमा समेटिएका छन् । नेपालको उत्पादकत्व वृद्धि शून्य रहेको तीतो यथार्थलाई उजागर गर्दै अब सानातिना सुधारले मात्र नहुने र बिग ब्याङ रिफर्म अर्थात् बृहत् संरचनात्मक सुधार आवश्यक रहेको तर्क उनको छ । १०० अर्ब डलरमाथिको अर्थतन्त्र र्पुयाउने लक्ष्यका साथ डिजिटलाइजेसन, स्वच्छ ऊर्जा र पर्यटनलाई अर्थतन्त्रको मुख्य शक्तिका रूपमा प्रस्तुत गरेका छन् ।