• २०८१ माघ ११ शुक्रबार

वा ! तीज क्या तीज

प्रेमवली ढकलपुरे

प्रेमवली ढकलपुरे

एक महिना देखी टन्न दर खा तीज
पहिले पहिले घर घरमा दर खान्थिस
अहिले त होटेल पार्टी प्यालेसमा दर खान्छस्
तीन दिन मान्ने तीजलाई, तीस दिन मान्छस्
पहिले लरे पिङमा हलिन्थीस्
अहिले व्हिस्की बियरमा हलिन्छस्
पहिले त तीज गीतमा नाच्थीस्
अहिले डिस्कोमा पपमा रलिन्छस्
वा ! तीज क्या तीज
एक दिनको व्रतलाई एक महिनै दर खा तीज ।

अहिले त दुई थरीको पो भा छ तीज
तीन दिन मनाउने तीज
तीस दिन मनाउने तीज
गाउँघर तिर मनाउछन तीज
सहरतिर मनाउने तीस
गाउँतिर बजाउने तीज
सहरतिर बज्ने रिमिक्स
वा ! तीज क्या तीज
एक महिनासम्म टन्न दर खा तीज ।

दरको कम्पिटिसन त छँदैछ
सुनको कम्पिटिसन नै गराउँछस्
हुनेले त लाउलान्
नहुनेलाई त रूने नै बनाउछस्
हुन त अहिले सुन भन्दा राम्रो देखिने
सुन कै भाइ पाउँछ
हुनेले सुन लाउछस् नहुनेले त्यै लाउछ
अहिले त सुन लाएर पनि कहाँ धाउने हो ?
सब फेसबुक र टिकटकमा त छाउने
वा ! तीज क्या तीज
फेसबुक र टिकटकमा छा तीज ।

पहिले पहिले त तीज
महिला नै खास मान्थे
अहिले त तीज पुरूषले मान्छन्
पहिले पहिले महिलै मात्र पोईल जान्थे
अहिले त नेता पनि पोईल जान्छन्
न नपत्याए हेर्नुस न
आज यो पार्टीसँग पोईल जान्छन्
भोली अर्को पार्टीसित पोईल जान्छन्
अझ रमाइलो कुरो त
पोईल गएको भोलीपल्टै मन्त्री भएर
जनताको नाममा सपथ खान्छन्
यीन लाई दर पचाउन गार्हो होला
लाज सरम त मज्जाले पचाउछन्
भन्नुस त यस्ताका हातमा सत्ता आए
राष्ट्रको ढुकुटी र सम्पतिकै बचाउँछन ?
तत सधै आईरहने त हो, यसरी नै आ तीज
तर यो देशको सँस्कृति र परम्परा बचा तीज ।


प्रेमवली ढकलपुरे
[email protected]