समाचार
काठमाडौँ ।
स्रष्टाद्वय रामकुमार पण्डित र डा.कमला तामाङले सम्पादन गरेको संयुक्त लघुकथासङ्ग्रह ‘कुनिउँ’ विमोचित भएको छ । लघुकथाकार सुनिता निरौला पौडेलको निवासमा लगाइएको पूजाको समारोहमा अवसर पारेर कृतिको लोकार्पण गरिएको हो ।
सम्पादक रामकुमार पण्डित, लघुकथाविद् डा. पुष्करराज भट्ट, मिसु श्रेष्ठ थपलिया, सुनिता निरौला, शान्ता तिम्सिना, निर्मला बराल लगायतले कृतिको लोकार्पण गरेका हुन् । कार्यक्रममा निर्मला बराल, शान्ति भण्डारी दाहाल, यमुना प्रधानाङ्ग लगायतका उपस्थिति थियो ।
पुस्तकको सम्पादक पण्डित साहित्यका विविध विधामा कलम चलाउँछन् । सहसम्पादक डा. कमला तामाङ दार्जिलिङकी लोकप्रिय हुन् । पुस्तकको प्रकाशन घुम्ती कविगोष्ठी नेपालले गरेको हो। १६० पृष्ठ भएको पुस्तकमा ७७ लघुकथाकारको लघुकथा समेटिएको छ ।
