• २०८२ चैत्र १९, बिहीबार

साहित्य कला सङ्गम दमकद्वारा स्रष्टा भेटघाट कार्यक्रम सम्पन्न

दमक ।

साहित्य कला सङ्गम दमकले साहित्यिक व्यक्तित्वहरूसँग स्रष्टा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । कोसी साहित्य कला परिषद नेपालका साहित्यक व्यक्तित्वहरूसँग साहित्यकला सङ्गम दमकका स्रष्टाहरूको भेटघाट कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कोसी साहित्य कला परिषदका स्रष्टाहरू अध्यक्ष केशु बिरही, उपाध्यक्ष विष्णु भण्डारी आचार्य, सचिव नवराज नवशिला, कोषाध्यक्ष चिरञ्जीवी काफ्ले, सदस्य मनोज कार्की, सल्लाहाकार सदस्यहरू द्वय डा. भीम खतिवडा र डा.छवि बैरागी घिमिरे, साहित्य विभाग सदस्य शारदा दहाललाई साहित्य कला सङ्गमबाट स्वागत सम्मान गरिएको थियो ।

कार्यक्रममा साहित्यकला सङ्गमका अध्यक्ष बिन्दु दहाल मुकदर्शक, पूर्व अध्यक्ष तथा सल्लाहाकार नरपति पाण्डे, उपाध्यक्ष यादवप्रसाद अधिकारी झाँक्रीखोले, महासचिव ओमप्रसाद खनाल, सचिव वीरेन्द्र खड्का, कोषाध्यक्ष नेत्रप्रसाद अधिकारी, सदस्यहरू विवेक दुलाल क्षेत्री, किशोर खनाल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कोसी साहित्य कला परिषदका अध्यक्ष केशु बिरहीले साहित्यिक भेटघाटलाई बडाउँदै लैजाने र आगामी दिनमा कोसी साहित्य कला परिषद र साहित्य कला सङ्गमको सम्बन्धलाई अझ कसिलो बनाउने कुरा बताउनुभयो । साहित्यिक भेटघाट कार्यक्रम साहित्य कला सङ्गमका अध्यक्ष बिन्दु दहाल मुकदर्शकको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव ओमप्रसाद खनालले गर्नुभएको थियो ।