• २०८२ चैत्र १३, शुक्रबार

ढ्यौली साहित्य समाजको आठौँ शृङ्खला सम्पन्न

सर्लाही ।

बुढ्यौली साहित्य समाज महोत्तरीले चैत्र ७ गौशालाको त्रिभुवन नमुना माविमा आफ्नो आठौँ शृङ्खला सम्पन्न गरेको छ । बुसासले पहिलो पटक गौशालामा गरेको सो कार्यक्रममा दीपलाल महतो, विलट भारती, मोहन गिरी, जयनारायण महतो, विनोद यादव, देवी घिमिरेले कविता, मुक्तक, गजल तथा गीत सुनाएका थिए ।

यसै गरी कार्यक्रममा बुढ्यौली साहित्य समाज मधेस प्रदेशका सचिव रामचन्द्र पौडेल तथा भीमकुमार राउत, भरतप्रसाद सिंह ’दोषी’, उमेशकुमार कुशवाहा, गोपाल यादव, यशोदा श्रेष्ठ, ध्रुव वख्रेललगायतले शुभकामना मन्तव्य दिएका थिए ।

सञ्चालन नारद काफ्ले तथा स्वागत गोपाल सिंह कुशवाहाले गरेको सो कार्यक्रमको प्रमुख आतिथ्य बुढ्यौली साहित्य समाज मधेस प्रदेशका अध्यक्ष लम्बोदर काफ्ले तथा सभाध्यक्षता बुसास महोत्तरीका अध्यक्ष लालबाबु पोखरलले गरेका थिए ।