• २०८२ चैत्र १३, शुक्रबार

गौतमलाई सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कार

काठमाडौँ ।

सुदर्शनराज पाण्डे स्मृति पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार ईश्वरचन्द्र गौतम सम्मानित भएका छन् । सो पुरस्कारको राशि २५ हजार सहित सम्मानपत्र रहेको छ । उनी राष्ट्रिय समाचार समिति (रासस) का तत्कालीन नारायणी अञ्चलका प्रमुख समेत थिए ।

नेपाल पत्रकार महासङ्घ पर्सा शाखाद्वारा आयोजित कार्यक्रममा नवनिर्वाचित सांसद बुद्धिप्रसाद पन्तले पत्रकार गौतमलाई सम्मान अर्पिएका हुन् । नेपाल पत्रकार महासङ्घ पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालले पत्रकार गौतम अस्वस्थ भएकाले उनकै घरमा पुगेर सम्मान अर्पिएको बताए ।