• २०८२ चैत्र १०, मंगलवार

सन्तोषकुमार वैध तामाङको ‘वंशावली’ पुस्तक प्रकाशित

काठमाडौं ।

सन्तोषकुमार वैध तामाङको ‘वंशावली’ पुस्तक सार्वजनिक भएको छ । लेखक तामाङको वंशावली पुस्तकमा तामाङ ह्योञ्जन थरको वंशवाली समावेश गरेका छन् ।

वंशावलीले आदिपूर्खा वा वंशमूलदेखि हालसम्मको पुस्ता वा पिंढीको पूर्ण विवरण सहित वंशवृक्ष बनाई पछिल्लो पुस्तालाई बुझ्न र थाहा पाउन सजिलो बनाउने लेखक तामाङको विश्वास छ ।

यद्यपि यस किसिमको वंशवृक्ष तथा आदिपूर्खादेखि हालसम्मको पुस्ताहरूको सूचना संकलन गरी एकै पुस्तकमा प्रकाशन गर्न भने सोचे जस्तो सहज कार्य नहुने उनको तर्क छ ।

उनले यो पुस्तकमार्फत विशेष गरी भोजपुरका तामाङ जाति अन्तर्गत ह्योञ्जन थरको वंशावलीबारे उजागार गर्ने प्रयत्न गरेका छन् ।