समाचार
चितवन ।
भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानले नेपाली भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा योगदान पु¥याउनुभएको स्रष्टाहरूलाई विभिन्न सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । प्रतिष्ठानका अनुसार मिति २०८२ चैत ५ गते दिउँसो २ बजे भरतपुर महानगरपालिकाको सभाहलमा आयोजना हुने कार्यक्रममा विभिन्न विधाका स्रष्टाहरूलाई सम्मानित गरिनेछ ।
यसअन्तर्गत नारायणप्रसाद खनाललाई कृष्ण बम मल्ल प्रज्ञा सम्मान, विजयकुमार गुरुङलाई भरतपुर प्रज्ञा सम्मान प्रदान गरिनेछ । त्यसैगरी पुरस्कारतर्फ गोविन्द गोपाल खतिवडाको कृति ‘वासना कि उपासना’ लाई काव्य विधातर्फ, सञ्जीव पौडेलको ‘छोटु संस्मरण’ लाई निबन्ध विधातर्फ, सुवाष घिमिरेको ‘सान्दाजु’ लाई आख्यान विधातर्फ तथा गायत्री अधिकारीको ‘वर्तमान’ लाई वागीश्वरी प्रज्ञा पुरस्कार प्रदान गरिने जनाइएको छ ।
उक्त सबै पुरस्कार तथा सम्मानहरू प्राज्ञ परिषद्को सिफारिस र महानगरपालिकाको निर्णयअनुसार प्रदान गरिन लागेको प्रतिष्ठानका सदस्य सचिव बालकृष्ण थपलियाले जानकारी दिनुभएको छ ।
